Follow us:


Follow us

१५ असार २०८३, सोमवार
१५ असार २०८३, सोमवार


टेक्सासमा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

एजेन्सी
जेठ, ११, २०७९


टेक्सासमा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

न्युयोर्क, ११ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् ।

आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन ।













0 प्रतिकृया