Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


१८ ओटा नयाँ केस भेटिएपछि चीनको सियान सहरमा लकडाउन

एजेन्सी
असार, २२, २०७९


१८ ओटा नयाँ केस भेटिएपछि चीनको सियान सहरमा लकडाउन

बेइजिङ, २३ असार । कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका  हुन् ।

गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण काेभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।

सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ ।

सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन् ।
 













0 प्रतिकृया