Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


बैंकटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ जना लाभान्वित

एक्सन खबर
साउन, २४, २०७९


बैंकटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ जना लाभान्वित

उपत्यका, २४ साउन । काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका वडा नं. ९ बैंकटेश्वरमार्गमा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ जना लाभान्वित भएका छन् । केएमसीले आज मंगलबार साइनिङ नेपाल फाउण्डेशनको सहकार्यमा साम्भवी स्कुलको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा १२१ जनाको इसिजी गरिँदा १८४ जनाको ल्याब परीक्षण तथा १९१ जनाको युएसजी गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा २७ जनाको दाँत खोलिएको थियो भने, थप उपचारका लागि ३२ जनालाई ओ.टी. रेफर गरिएको थियो ।

डा. सुनिल शर्मा नेतृत्वको केएमसीले राजधानीका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माको भनाई छ ।

















0 प्रतिकृया