Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


काठमाडौं सेतीओवी मार्गमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
साउन, २५, २०७९


काठमाडौं सेतीओवी मार्गमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २५ साउन । काठमाडौंका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी)ले काठमाडौं महानगरपालिका वडा नं. ३२ को सेतीओपी मार्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बुधबार फास्टफुड एशोसिएनसँगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा ९६३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा ११४ जनाको इसिजी, १९७ जनाको ल्याव परीक्षण तथा १७२ जनाको युएसजी गरिएको छ ।

यस्तै, २७ जनाको दाँत खोलिएको थियोभने, ४१ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । आम सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने अभिप्रायले केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा युएसजी, इसिजी, ल्याव लगायत स्वास्थ्य उपकरणहरु सहित केएमसीका विभिन्न रोगका विशेषज्ञ डाक्टर, नर्स तथा कर्मचारीहरु सहभागी हुने भएकाले सर्वसाधारणहरुले आफ्नो स्वास्थ्य कस्तो छ भन्ने समेत जानकारी पाउने गरेका छन् ।

केएमसीका कार्यकारी अध्यक्ष डाक्टर सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरले आम जनतामा स्वास्थ्य सेवाको पहुँच बढाएको बताउँदै आउँदा दिनहरुमा पनि निःशुल्क स्वास्थ्य शिविरलाई प्रभावकारी रुपमा लैजाने बताए ।















0 प्रतिकृया