Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


नेपालटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
साउन, २९, २०७९


नेपालटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २९ साउन । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी) ले विगत डेढवर्ष यता नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेकोमा आज आइतबार काठमाडौंको नेपालटारमा पनि निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

स्थानीय हिम रश्मी हाइ स्कूल तथा कलेज तथा लायन्स क्लब अफ काठमाडौं रश्मीसँगको सहकार्यमा केएमसीले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ११३३ बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार स्वास्थ्य शिविरमा १४८ बिरामीको निःशुल्क इसिजी, २२१ जनाको ल्याब परीक्षण, १९७ जनाको युएसजी गरिएको छ । साथै, ३२ जनाको दाँत खोलिएको र ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्री रोग, नाक कान घाँटी, छाला रोग, हाड जोर्नी, शल्यक्रिया, बाल रोग, दन्त रोग, आँखा रोगका विशेषज्ञ डाक्टर तथा भिडियो एक्सरे विभाग तथा आवश्यक नर्स तथा कर्मचारीहरुको सहभागिता रहने गरेको छ ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले आम सर्वसाधारणमा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको बताए । डा. शर्माले नै विराटनगरमा सञ्चालन गरेको नोबल शिक्षण अस्पतालले पनि पूर्वी नेपालका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको छ ।
















0 प्रतिकृया