Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने निर्णय

एक्सन खबर
साउन, ३१, २०७९


संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने निर्णय

काठमाडौं, ३१ साउन । आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संसोधन गर्ने निर्णय गरेको छ ।

दलका शीर्ष नेता सम्लग्न बैठकमा सत्य निरुपण तथा मेलिमलाप आयोग (टीआरसी) वधिेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रुपमा गठवन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंगाउन टीआरसी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ ।

आजै बसेकाे गठबन्धनकाे बैठकले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय पनि गरेको छ ।













0 प्रतिकृया