Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


सय दिनमा धरानका मेयरले केके काम गरे ?

एक्सन खबर
भदौ, २, २०७९


सय दिनमा धरानका मेयरले केके काम गरे ?

सुनसरी, २ भदाै । धरान उपमहानगरपालिकाका मेयरले सय दिनकाे उपलब्धी सार्वजनिक गरेका छन् । गएकाे बैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनबाट धरानकाे मेयरमा निर्वाचित भएर आएपछि आफुले १३ वटा काम गरेकाे मेयर साम्पाङले बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले १३ वटा काम मध्ये सबैभन्दा महत्वपूर्ण काम श्रम संस्कृतिकाे विकास गर्न सकेकाे उल्लेख गरेका छन् । धरानकाे खानेपानी समस्या हल गर्न पकुवा खाेला, सर्दु निसाने जस्ता खाेलाहरूबाट खानेपानीकाे व्यवस्थापन गरेकाे मेयरले जनाएका छन् ।

आफ्ना १३ वटा काममा एक नम्बरमा जन श्रमदानबाटै खानेपानी ल्याएकाे उल्लेख गरेका छन् । ‘१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर’ भन्दै साम्पाङले भनेका छन् । ‘नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें । ४ ठाउँबाट खानेपानीको मूहान थपें । व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।’

मेयर साम्पाङले हज्जाराैं जनताकाे जनसहभागिता, देश विदेशमा रहेका नेपालीहरूबाट आर्थिक सहयाेग जुटाएर ४ वटा खानेपानी धरानमा ल्याउन सफल भएका छन् । यस्तै उनले एक सय दिनमा ६ लाख विरुवा रोप्न सफल भएकाे, सरसफाइमा देखिने सुधार ल्याएकाे पनि उल्लेख गरेका छन् ।

धरान उपमहानगरपालिका कार्यालयमा प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएकाे,  जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेकाे, बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन गरेकाे, लागु औषध विरुद्धको अभियान शुरु गरेकाे पनि उल्लेख गरेका छन् । प्रत्येक शुक्रबार धरानमा मेयर साम्पाङकै सहभागीतामा स्कुल कलेजका विद्यार्थीहरूकाे सहभागीतामा लागू औषध विरूद्ध सचेतना कार्यक्रम हुने गरेकाे छ ।

यसैगरी, योजनाहरुका लागि बजेटको जोहो गराउन सफल भएकाे, पारदर्शी हिसाब किताब सार्बजनिक गरेकाे, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएकाे तथा  शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएकाे जनाएका छन् ।














0 प्रतिकृया