Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


क्यासेमिरो म्यानचेस्टर जाने

एक्सन खबर
भदौ, ४, २०७९


क्यासेमिरो म्यानचेस्टर जाने

काठमाडौं, ४ भदौ । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जाने भएका छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ ।

दुबै क्लबले आधिकारिक पुष्टि भने गरेका छैनन् । ३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् ।

क्यासेमिरो युनाइटेड  जाने भएसँगै पूर्वसहकर्मी क्रीस्टियानो रोनाल्डोसँग पूनर्मिलन हुने भएको छ ।

प्रि-सिजनका सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि युनाइटेडले लिगको सुरुवाती दुवै खेलमा तुलनात्मक रुपमा कमजोर टोलीसँग हार बेहोरेको छ । नयाँ प्रशिक्षक एरिक टेन हाग त्यसैले निकै दबाबमा छन् । उनी नयाँ खेलाडी अनुबन्धमा सक्रिय देखिएका छन् ।













0 प्रतिकृया