Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


वाणिज्य बैंकहरूमा बढ्न थाल्यो निक्षेप

एक्सन खबर
भदौ, ४, २०७९


वाणिज्य बैंकहरूमा बढ्न थाल्यो निक्षेप

काठमाडौं, ४ भदौ । वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो ।

सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ ।

सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एकदिनमै कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो ।













0 प्रतिकृया