Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


‘चुनाव जित्न बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ’ प्रचण्ड

एक्सन खबर
भदौ, १३, २०७९


‘चुनाव जित्न बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ’ प्रचण्ड

काठमाडौं, १३ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए ।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए । जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।














0 प्रतिकृया