Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


तिजको अवसरमा पशुपतिमा महिलाहरूकाे रमझम (फोटो फिचर)

एक्सन खबर
भदौ, १४, २०७९


तिजको अवसरमा पशुपतिमा महिलाहरूकाे रमझम (फोटो फिचर)

हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ ।

श्रीमानकाे दीर्घायूकाे कामना गर्दै यस दिन विवाहित नेपाली महिलाले निराहार व्रत बस्ने गर्छन् । अविवाहित नारीहरू राम्राे पति पाउँ भन्दै व्रत बस्ने गर्दछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ।

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।

हरितालिका तीजकाे अघिल्लाे दिन मिठामिठा पकवान खाएर भाेलीपल्ट पानी समेत नखाइ व्रत बस्ने प्रचलन छ । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलाे समेत गर्ने गर्छन् ।

हेर्नुहाेस् पशुपति क्षेत्रकाे राैनक























0 प्रतिकृया