Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


कांग्रेसका डा. सुनिल शर्मा मोरङ ३ बाट सर्वसम्मत सिफारिस

एक्सन खबर
भदौ, १४, २०७९


कांग्रेसका डा. सुनिल शर्मा मोरङ ३ बाट सर्वसम्मत सिफारिस

काठमाडौं, १४ भदौ । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनका लागि नेपाली काग्रेस मोरङले ३ नं. क्षेत्रबाट समाजसेवी, मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्मालाई पुनः उम्मेदवार बनाउने भएको छ । २०७४ सालको आम निर्वाचनमा सोहि क्षेत्रबाट चुनाब लडेका डा. शर्मालाई मोरङ क्षेत्रीय कांग्रेसको आज मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।  

सो क्षेत्रमा प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारसँग लड्न सक्ने क्षमता डा. शर्मासँग मात्र रहेको भन्दै उनलाई पुनः सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो । कांग्रेस क्षेत्रीय कमिटीका एक सदस्यका अनुसार क्षेत्रमा डा. शर्मालाई उपयुक्त नेताका रुपमा उदाएकाले उनको विकल्प नखोजिएको हो । ‘प्रतिनिधिसभा निर्वाचनमा लड्ने केही आकांक्षीहरु भएतापनि सबैभन्दा योग्य र क्षमता डा. सुनिल शर्मा नै भएकाले उहाँको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।’ उनले भने ।  

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार भानुभक्त ढकालसँग झिनो मतान्तरले पराजित भएतापनि डा. शर्माले पछिल्लो समय सो क्षेत्रमा कांग्रेसलाई संगठित र बलियो बनाउन योगदान दिएका छन् ।

०७४ सालमा पहिलोपटक चुनाब लडेका डा. शर्माले तत्कालिन बाम गठबन्धनका साझा उम्मेदवार भानुभक्त ढकाललाई कडा चुनौति दिएका थिए । ढकालले उक्त निर्वाचन १९०६ मतले जितेका थिए । उक्त निर्वाचनमा ढकालले ४२,४१३ मत पाउँदा डा. शर्माले ४०,५०६ मत प्राप्त गरेका थिए । बाम किल्लाको रुपमा परिचित मोरङ क्षेत्र नं. ३ मा डा. शर्माको प्रवेश भएसँगै कांग्रेस संगठित र बलियो भएको छ ।

योपल्ट बाम गठबन्धन छिन्नभिन्न भएको अवस्था, भानुभक्त ढकालले स्वास्थ्यमन्त्री हुँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा केही योगदान नगरेको र कांग्रेससँग ५ दलीय गठबन्धन समेतको मत भएकाले डा. शर्माको जीत निश्चित जस्तै छ ।

त्यसो त डा. शर्माले आफ्नो क्षेत्रका जनताका लागि नोबेल शिक्षण अस्पताल मार्फत गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवासहित जनताका आधारभूत आवश्यक्ताहरु समेत पुरा गरिदिएका छन् । पदमा रहेर मात्र जनताको सेवा गर्नुपर्छ भन्ने मान्यताबाट टाढा रहेर डा. शर्माले व्यक्तिगत तवरले सो क्षेत्रका जनताका पक्षमा धेरै काम गरेका छन् । कतिपय जनताका आकांक्षाहरु पदमा पुगेर मात्र संभव देखिएपछि डा. शर्मा राजनीतिमा लागेका हुन् ।

डा. शर्माले नोबेल शिक्षण अस्पतालको स्वास्थ्य सेवा मोरङ क्षेत्र नं. ३ का गाउँगाउँमा पुर्याएकोले पनि उनीप्रति मतदाताको आकर्षण छ । ‘स्वास्थ्यमन्त्री भएर पनि भानुभक्त ढकालले हाम्रा लागि सिन्को भाँचेनन् । तर, डा. सुनिल शर्माले व्यक्तिगत रुपमै राज्यले नगरेको काम गर्नुभयो ।’ बयरबन १ का अनिष थापा भन्छन् । डा. शर्मालाई एकपल्ट चुनाब जिताएर पठाउन गाउँमा युवाहरु सक्रिय भएर लागेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनले यो क्षेत्रमा राम्रो मत पाएको छ । २६ वटा वडाहरु मध्ये नेकपा एमालेले १४ वटा वडामा जित हासिल गरेपनि गठबन्धनको भन्दा मत कम छ । गठबन्धन दलका उम्मेदवारले ११ वटा वडामा जित हासिल गर्दा एउटा वडा स्वतन्त्रले जितेका छन् । एमालेले ३७४१० मत प्राप्त गर्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको ४६६०७ मत रहेको छ । मंसिर ४ को निर्वाचनमा पनि ५ दलीय गठबन्धन एक भएर भाग लिने भएकाले बामकिल्ला तोडिने कांग्रेसको विस्वास छ ।
















0 प्रतिकृया