सांसद डा. शर्माको निःशुल्क स्वास्थ्य शिविर चावहिलमा
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले काठमाडौंको चावहिलमा ३६८ जनाको स्वास्थ्य जाँच गरेको छ । सेन्ट लोरेन्स स्कुलसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा १५ जनाको दाँत खोलिएको तथा १२ जनालाई थप उपचारका लागि केएमसी रेफर समेत गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
सांसद सुनिल कुमार शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत देशभर निःशुल्क स्वास्थ्य शिविर चलाई रहनु भएको छ । शिविरमा केएमसीका दक्ष चिकित्सकहरुले नाक कान घाँटी, स्त्री रोग, जनरल मेडिसिन, आँखा रोग, नसा तथा हाडजोर्नी, दन्त रोग सम्बन्धी स्वास्थ्य जाँच गर्ने गरेका छन् । सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट देशभरका लाखौं नागरिक लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया