Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


ललितपुरको लामाटारमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
माघ, ८, २०८१


ललितपुरको लामाटारमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली सांसद सुनिलकुमार शर्मा र काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविरबाट ५८३ जना बिरामी लाभान्वित भएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका ९ स्थित लामाटारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट सो क्षेत्रका ५८३ जनाको स्वास्थ्य जाँच गरिएको हो । 

शिविरमा ८६ जनाको भिडियो एक्सरे, ६४ जनाको इसिजी, ७८ जनाको ल्याब परिक्षण र २१ जनाको दाँत खोलिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा सिस्नेरी मा.वि.का विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा स्वास्थ्य जाँच गराएर थप उपचारका लागि केएमसीमा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशत छुट दिइने गरिएकाे छ । 

सामाजिक उत्तरदायित्व अन्तरगत सांसद शर्माले देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । शिविरबाट गरिब, विपन्न, असहाय, महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरु बढी लाभान्वित हुने गरेका छन् । 













0 प्रतिकृया