Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


काठमाडौं भन्दा खाल्डाखुल्डी नै भएपनि धरान सफाः धरानका मेयर

एक्सन खबर
साउन, २९, २०७९


काठमाडौं भन्दा खाल्डाखुल्डी नै भएपनि धरान सफाः धरानका मेयर

काठमाडौं, २९ साउन । धरानका मेयर हर्क साम्पाङ काठमाडौं आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’ मेयर साम्पाङसँगै उपमेयर अवइन्द्र वेघा पनि राजधानी आएका छन् ।

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयर साम्पाङले आफ्ना निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गठबन्धन उम्मेदवार किशोर राईलाई पाँच हजार बढी मतान्तरले पराजित गरेका थिए ।














0 प्रतिकृया