Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


इजिप्टमा चर्चमा आगो लाग्दा १६ जना बालबालिका सहित ४१ जनाको मृत्यु

एजेन्सी
साउन, ३०, २०७९


इजिप्टमा चर्चमा आगो लाग्दा १६ जना बालबालिका सहित ४१ जनाको मृत्यु

कायरो, ३० साउन । इजिप्टको राजधानी कायराेकाे कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् ।

सिएनएनएका अनुसार आगलागीमा ३ देखि १६ वर्ष उमेर समुहका १८ जना बालबालिका समेत परेका छन् । घटनामा १४ जना घाइते भएकाे इजिप्टको कप्टिक चर्चले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थानीय समय अनुसार बिहान ९ बजे चर्चको दोस्रो तल्लामा रहेको वातानुकूलित युनिटमा विद्युत सर्ट भएर आगलागी भएको गृह मन्त्रालयले जनाएको छ ।

आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।













0 प्रतिकृया